Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नो गुट जगाउने प्रयास गर्दै शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे। तर शेखर कोइराला र प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रूपमा स्विकार्न तयार भएनन् ।

संस्थापन इतर समूहबाट शेखर र सिंह दुवैजना सभापतिको प्रतिस्पर्धामा उत्रिए भने अर्का आकांक्षी तत्कालीन महामन्त्री शशांक कोइराला उनीहरूको कदमबाट असन्तुष्ट बने। पौडेललाई सभापतिमा अघि सारेर १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा जानुपर्ने पक्षमा रहेका शशांक शेखर र सिंह दुवैको पक्षमा खुलेनन्।

त्यससँगै कांग्रेसमा रहेको संस्थापन इतरको शक्तिशाली गुट पनि तितरबितर बन्यो। १४औं महाधिवेशनअधिको संस्थापन इतर समूहलाई समेटेर अघि बढ्ने तत्परता शेखरले पनि देखाएनन्। महाधिवेशनपछि पनि भित्रभित्रै आफू निकटहरूको भेला र बैठकलाई निरन्तरता दिएका शेखर, गगन थापासहितका नेताले बाहिर भने आफूलाई भागबन्डाको विपक्षमा प्रस्तुत गर्दै आए।

आफ्नो समूहबाट पार्टी उपसभापति र महामन्त्रीमा पराजित नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन नगरेकोमा भने उनीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। तर उनीहरूको असन्तुष्टिलाई सभापति देउवाले खासै महत्त्व दिएनन् । नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077