Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने दाबी गरेका छन्।

शुक्रबार आयोजित महिला सङ्गठनको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताका कारण लामो सङ्घर्षबाट प्राप्त राजनीतिक व्यवस्था र संविधानको रक्षा भएकाले आगामी निर्वाचनमा देशभर गठबन्धनका साझा उम्मेदवार तय हुने बताए ।

विदेशीहरूको दलाली गर्ने पार्टीसँग आफूहरूले कुनै पनि हालतमा तालेमेल नगर्ने बताउँदै उनले देश र जनताप्रति घात गरेकाले उनीहरूलाई चुनावमा जनताले दण्डित गर्ने ठोकुवा गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य र मान्यतालाई आफ्नो पार्टीले आत्मसात् गरेकाले देशभक्तहरू पार्टीमा प्रवेश गर्ने महाअभियान सुरू भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077