काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् ।
२५ सदस्यीय भ्रमण टोलीसहित सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्।
काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् ।
वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने बताइएको छ ।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।
वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।
Leave a Reply