काठमाडौं । लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगलागी भएको छ। भवनको पहिलो तलामा आगो लागेको हो ।
दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट खाट दराजलगायतको फर्निचरमा क्षति पुगेको छ आगो लागेपछि अपार्टमेन्टमै भागाभाग मच्चिएको थियो।
आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।
Leave a Reply