काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको ७ प्रदेशका सभापतिहरुको बैठकले यस्तो माग राखेका हुन् ।
आफूहरुलाई पदेन सदस्यका रुपमा केन्द्रीय सदस्यको मान्यता दिन र प्रोटोकल टुंग्याउन पनि माग गरेको बताइएको छ ।