Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा आजबाट फेरि बढ्यो इन्धनको मूल्य, नेपालमा पनि बढ्न सक्ने अनुमान

काठमाडौं । भारतमा पछिल्लो दुई दिन ८० पैसा भारुले बढेको पेट्रोल र डिजेलको मूल्य शुक्रवार पनि बढेको छ । भारतीय बजारमा शुक्रवार बिहान ६ बजेदेखि ८० पैसा भारू मूल्यवृद्धि भएको हो ।

सार्वजनिक क्षेत्रको पेट्रोलियम विपणन कम्पनीले जारी गरेको सूचना अनुसार, भारतको राजधानी दिल्लीमा शुक्रवार पेट्रोलको मूल्य प्रतिलिटर ९७.०१ भारुबाट बढेर ९७.८१ भारु पुगेको छ ।

यस्तै डिजेलको मूल्य प्रति लिटर ८८.२७ भारुबाट बढेर ८९.०७ भारु पुगेको छ । पछिल्लो समय पेट्रोल र डिजेलको मूल्य निरन्तर बढिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपालमा पनि परिरहेको छ । नेपालमा पनि नेपाल आयल निगमले मूल्य बढाउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077