Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेन-रुस युद्ध : नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बाइडेनको दाबी

    युक्रेन-रुस युद्ध : नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बाइडेनको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताएका छन् ।

    बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई थप बलियो र एकताबद्ध बन्न प्रेरित गरेको बताएका हुन् ।



    अमेरिकासहित युरोप र एसियाका केही देशले रुस र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लगाएका प्रतिबन्धमा अडिग रहनुपर्ने र रुसविरुद्ध बाँकी विश्व एकताबद्ध हुनुपर्ने पनि उनले बताए ।



    ‘सबैभन्दा महत्त्वपूर्ण विषय प्रतिबन्धको कार्यान्वयन र निरन्तरता हो, एक महिनापछि रुस आफ्नो कदमबाट पछि हट्न बाध्य हुनेछ,’ उनले भने । रुसले आणविक हतियारको प्रयोग गरेमा अमेरिकाले त्यसको उचित जवाफ दिने बाइडेनले चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार