Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रुसको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित

    रुसको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 2K
    SHARES

    एजेन्सी । रुसले गरेको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) का अनुसार युक्रेनका ७५ लाख जना बालबालिकामध्ये ४३ लाख जनाभन्दा धेरै युद्धका कारण घरबाट विस्थापित भएका हुन् ।

    विस्थापितमध्ये १८ लाख बालबालिकाले देश नै छाड्नुपरेको र २५ लाख जना युक्रेनकै विभिन्न सहरमा रहेका युनिसेफलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।



    युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले रुसले युक्रेनमा गरेको आक्रमणका कारण दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै बालबालिका विस्थापित भएको बताए । अहिलेसम्म ७८ जना बालबालिकाको ज्यान गएको, एक सय पाँच जना घाइते भएको र घरवारविहीन भएका बालबालिका सुरक्षाको खतरामा, भोकमरी, यौन दुर्व्यवहार र बेचबिखनको जोखिममा रहेका उनको भनाई छ ।



    युद्धका कारण विद्यालय र स्वास्थ्य संस्थामा क्षति पुग्दा बालबालिका आधारभूत स्वास्थ्य र शिक्षाबाट पनि वञ्चित भएका छन् । रुसी आक्रमणबाट अहिलेसम्म पाँच सयभन्दा धेरै शिक्षण संस्था ध्वस्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार