काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन बीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने बताएका छन् ।
समाजवादी प्रेस संगठन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलवार अध्यक्ष नेपालले अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरेका हुन् ।
उनले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने समेत बताएका छन् ।
उनका अनुसार शक्तिको उचित मूल्यांकन गर्दै चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहारामा नभई आफ्नै शक्तिको सहारामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइएको छ ।