Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्त्रीहरु फेरबदल गर्ने प्रचण्डको खुलासा, को–को फेरिदैछन् ?

काठमाडौं । सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा नै मन्त्रिपरिषद्‍मा हेरफेर हुने तयारी भइरहेको बताएका छन् ।

मधेस प्रदेशमा मंगलबार आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका दाहालले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरषद्‍‍मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनले भने–‘मन्त्रिपरिषद्‍मा हेरफेरको कुरा चलेको छ । औपचारिक रूपमा कुरा टुंगिएको छैन । केही हेरफेर हुने कुरा भएको छ । नयाँ मन्त्री आउने सम्भावना छ ।’

मन्त्रिपरिषद्‍मा हेरफेर हुँदा पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि दाहालले बताए । उनले पार्टीले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि बताए ।

उनले भने–‘हामीले जति मन्त्रालय पाउनुपर्ने मन्त्रालय हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु । विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभयो । माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भनेकाले हिजो त्यस्तो भएको हो । मन्त्रिपरिषद्‍मा हेरफपेर हुने स्थिति आयो भने हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेका छौं ।’

अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवन्द्र पौडेल र युवा तथा खेलकुदमन्त्री महेश्‍वरजंग गहतराज (अथक) लाई फिर्ता बोलाउने माओवादी केन्द्रले तयारी थालेको छ । त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र शहरी विकासमन्त्री रामकुमारी झाक्री पनि फेरिसक्ने नेकपा एकीकृत समाजवादी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077