Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी अदालतद्वारा इन्स्टाग्राम र फेसबुकको गतिविधिलाई ‘चरमपन्थी’ संज्ञा

एजेन्सी। रुसको मस्को अदालतले इन्स्टाग्राम र मेटा (फेसबुक) को गतिविधिलाई ‘चरमपन्थी’ भनेको छ।

सरकारी समाचार एजेन्सी टासका अनुसार अदालतले रूसमा दुवै प्लेटफर्मको सञ्चालनमा प्रतिबन्ध लगाएको छ।

रुसले यसअघि नै फेसबुकमाथि प्रतिबन्ध लगाएको छ ।

जहाँ मेटा प्लेटफर्मको एक कथन पछि इन्स्टाग्राम ब्लक गरिएको थियो । बिबिसीका अनुसार मेटा (फेसबुक) ले युक्रेनका सोशल मिडिया प्रयोगकर्ताहरूलाई पुटिन र उनको सेना विरुद्ध हिंसाको अपील गर्ने सन्देशहरू पोस्ट गर्न अनुमति दिएको थियो ।

२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077