Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'केही व्यक्तिले एमसीसी राष्ट्रघाती भनेर गलत प्रचार गरे, देश विकासका लागि पास गरिएको हो'

काडमाडौं । देश विकासका लागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

खोटाङ मोटरेबल पक्की पुल उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

केही व्यक्तिले राष्ट्रघाती भनेर गलत प्रचार गरे पनि एमसीसी नेपालको पक्षमा र विकासको पक्षमा रहेकाले संसदबाट पास गरिएको प्रधानमन्त्री देउवाले दाबी गरेका छन् ।

यस्तै नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाल विश्वको जलस्रोतको दोस्रो ठुलो देश भएको उल्लेख गर्दै जलस्रोतको सदुपयोग गरेर देशमा आर्थिक बृद्धि गर्न सकिने बताए । जसलाई अब एमसीसीले सघाउने मन्त्री चौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077