Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री श्रीलंका जाँदै, प्रधानमन्त्री देउवा भर्चुअल सहभागी हुने

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का चैत १६ गते श्रीलंका जाने भएका छन् । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलंका जान लागेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्रमन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डलको टोली श्रीलंका जाने जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । बिमस्टेक वडापत्रलगायत दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

बिमस्टेक बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077