Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्याय सेवाका १८५ कर्मचारीको सरुवा, को कहाँ पुगे [सूचीसहित]

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका १८५ कर्मचारीको सरुवा गरेको छ ।

आइतबार कामु प्रधानन्यायाधीश दीपक कार्कीको अध्यक्षतामा बसेको बैठकले कर्मचारीको सरुवा तथा पदस्थापन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृतलाई एकै पटक सरुवा गरेको हो ।

यस्तै बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ ।

लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077