Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मेयर पटेलले ५ लाख घुस लिएको पुष्टि भएको भन्दै अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर

    मेयर पटेलले ५ लाख घुस लिएको पुष्टि भएको भन्दै अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध ५ लाख विगो माग गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख घुस मागेको आरोपमा फागुन १५ गते पक्राउ परेका पटेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो ।



    फागुन १५ गते अख्तियारको टोलीले मेयर पटेल र निजका सहयोगी अशोकप्रसाद पटेललाई सेवाग्राहीबाट घुस बापत दुई लाख ५० हजार रुपैयाँ नगद र दुई लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।



    आयोगले अनुसन्धानको सिलसिलामा मेयर पटेल र उनका सहयोगी अशोकको मिलेमतोमा उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग पटक–पटक पाँच लाख लिएको पाइएको जनाएको छ ।

    मेयर पटेल र उनका सहयोगीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुर भएको भन्दै पाँच लाख रुपैयाँ विगो माग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार