Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस-युक्रेन युद्ध : झण्डै १५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता झण्डै १५ हजार रुसी सैनिक मारिएको युक्रेनीले दाबी गरेका छन् । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

युक्रेनको जनरल स्टाफको फेसबुक पेजमा पोस्ट गरिएको अपडेटमा २५ दिनको लडाइमा १४ हजार सात सय रुसी फौज मारिएको सैन्य अधिकारीहरुले बताएका छन् ।

द्वन्द्वमा लगभग ४७६ ट्याङ्क, दुई सय भन्दा बढी लडाकु विमान, हेलिकप्टर र ड्रोन र एक हजार ४८७ बख्तरबन्द सैनिक तथा कर्मचारी बाहकसहित ठुलो मात्रामा सैन्य सामग्री नष्ट भएको दाबी गरिएको छ ।

अमेरिकी रक्षा अधिकारीहरूले कम्तीमा सात हजार रुसी सेनाहरू मारिएका र २१ हजार घाइते भएका अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077