Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको हवाई क्षेत्र कब्जा गर्न रुस असफल भएको बेलायतको दाबी

एजेन्सी । रुसले युक्रेनको हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न असफल भएको बेलायतीले दाबी गरेको छ ।

रुसले युक्रेनमाथिको आक्रमण आफ्नो पक्षमा ल्याउनका लागि युक्रेनी हवाई क्षेत्र नियन्त्रणको प्रयास गरिरहेको छ । तर त्यसमा रुस असफल भइरहेको बेलायती रक्षा मन्त्रालयले दाबी गरेको हो ।

पछिल्लो अद्यावधिक गुप्तचर सूचनामा युक्रेनको हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न नसकेको रुसले अधिकांश हवाई आक्रमण आफ्नै भूमिबाट गरिरहेको उल्लेख छ ।

रुसले लगातार युक्रेनका आवासीय क्षेत्र, सैन्य ब्यारेक, अस्पताल, चर्च, सार्वजनिक स्थलसहितलाई निशाना बनाएर मिसाइल, रेकट तथा गोलाबारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077