Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीमा व्याख्यात्मक टिप्पणी भनेको के हो मैले अहिलेसम्म बुझेको छैन : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीको पहलमा अमेरिकी सहयोग परियाजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा ब्याख्यात्मक घोषणा भएको दावी गरिरहँदा उनकै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने अहिलेसम्म आफूले ब्याख्यात्मक घोषणा भनेको नै नबुझेको बताएका छन् ।

आज पनि अध्यक्ष नेपालले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र ओली मिलेर जस्ताको त्यस्तै पारित गर्न खोजेको तर एकीकृत समाजवादीको पहलमा ब्याख्यात्मक घोषणा भएको दावी गरेका थिए ।

तर, नेता खनालले भने एमसीसीको कडा आलोचना गरे । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा नेता खनालले एमसीसीमाथि व्याख्यात्मक टिप्पणी भएको विषयप्रति आपत्ति जनाएका हुन् ।

उनले भने–‘एमसीसी अनुमोदन भएर आयो । त्यो व्याख्यात्मक टिप्णणी के हो मैले अहिलेसम्म बुझेको छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालले युक्रेनको विषयमा नेपालले हतारमा प्रतिक्रिया दिन नहुने पनि बताए । नेपालले रुसबारे निन्दा गर्दा अमेरिकी ध्रुवतिर नजिक देखिने भन्दै उनले आपत्ति जनाएका छन् ।

उनले भने–‘पाँच दलको बैठकमा पनि मैले प्रधानमन्त्रीलाई यो विषयमा सोधेँ । हाम्रा छिमेकी देशहरुले पनि हतार गरेका छैनन् भने । रुसले आक्रमण गरेको ठीक हो भन्ने पक्षमा पनि म होइन । त्यो गल्ती हो । आक्रमणको कारण पनि खोजिनुपर्छ । हामीले त्यसको पाठ सिक्नु पर्‍यो । यो युद्ध लामो समयसम्म जान्छ जस्तो लाग्दैन । युक्रेनको राजधानीलाई रुसले कब्जा गरिसकेपछि त्यहाँको सरकार पतन हुन्छ होला । त्यसले युद्ध समाप्त हुन सक्छ । तर यस्तो विषयमा प्रतिक्रिया दिँदा नेपाल सरकारले संयमता देखाउनुपथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077