Online Nepal
  • बुधबार, २ माघ २०८१
  • कटवाललाई कारबाही गर्नु र गिरीजाप्रसादलाई राष्ट्रपति नबनाउनु ऐतिहासिक भुल भयो : प्रचण्ड

    कटवाललाई कारबाही गर्नु र गिरीजाप्रसादलाई राष्ट्रपति नबनाउनु ऐतिहासिक भुल भयो : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज फेरि अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता बारे स्पष्टीकरण दिएका छन् । सिन्धुलीमा शनिवार माओवादी पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले धेरै सोचविचार गरेर एमसीसी अनुमोदन गरेको स्पष्टीकरण दिएका हुन् ।

    विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धी पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।



    उनले भने–‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने । के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो वुद्धिमानी हो ।



    २०६५ सालमा तत्कालिन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्दा गल्ती भएको भन्दै प्रचण्डले त्यो घटनाले पार्टी र देशले दुःख पाएको बताए ।

    ‘तर, अहिले देश संकटबाट बच्यो’, उनले भने–‘रुक्मांगतलाई कारबाही गर्न खोज्दा दायाँपट्टी बस्ने बाबुरामले पनि गरिहाल्ने भन्ने बाँयापट्टी बस्ने बादलले पनि गरिहाल्ने भन्दा कति दुःख पाइयो तपाई हामी सबैले, देशले दुःख पायो, पार्टीले पनि दुःख पायो ।’

    कार्यक्रममा उनले एमालेलाई केन्द्रदेखि प्रदेशका सरकारबाट हटाउनु ठुलो सफलता भए पनि प्रतिगमन फर्किने खतरा कायमै रहेको बताए ।

    प्रचण्डले भने–‘लगातार सदन अवरुद्ध गरेर फेरि विघटन चाहने प्रवृत्ति अहिले पनि कायम छ । अझै पनि रिल्याक्स गर्ने स्थिति छैन । पोहोर साल पहिलो संसद् विघटन बदर भएपछि रिल्याक्स मुडमा बसियो, दोस्रो पटक फेरि विघटन आयो । जितियो भनेर रिल्याक्स गरियो भने फेरि कुनै पनि बेला प्रतिगमन फर्किन सक्छ ।’

    आफूले पटक पटक बुढानिलण्ठ गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस् भनेर गठबन्धन बनाएको स्मरण गर्दै प्रचण्डले अबको चुनाव माओवादीले आफ्नो बलमा जित्न ध्यान दिनुपर्ने बताए । उनले अबको २ महिना युद्धकालीन शैलीमा काम गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले जसरी पनि चुनाव जित्नुपर्ने बताए ।

    आफूले देशको रक्षाका लागि पटक–पटक लचिलो बनेको भन्दै गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु ऐतिहासिक भूल भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार