Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशकै दोश्रो ठूलो नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । रामेछापको नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदैछ । केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका देविटारमा उद्घाटन गर्ने भएका हुन् ।

२२०/१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु 'ए' जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् ।

लिखु, खिम्ती र तामाकोसीमा निर्माणाधीन अरु जलविद्युत् आयोजनाको बिजुली समेत यही सबस्टेशनमा जोड्ने तयारी छ । नयाँ खिम्ती सबस्टेशनबाट दुई वटा प्रसारण लाइनबाट विद्युत् प्रवाह भइरहेको छ ।

१३२ केभी प्रसारण लाइनबाट काठमाण्डौतर्फ र २२० केभी प्रसारण लाइनबाट ढल्केबरतर्फ विद्युत् प्रसारण हुने गरेको छ । नयाँ खिम्ती सबस्टेशन विद्युत् क्षमताका हिसाबले देशकै दोश्रो ठूलो हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077