Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बृद्धभत्ताको सुरूवात मैले गरेको हुँ, स्याबास् मलाई भन्नुपर्ने हो : माधव नेपाल

गोरखा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बुढापाकालाई बृद्धभत्ताको सुरूवात आफूले गरेको दावी गरेका छन् ।

शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको दावी गर्दै उक्त कुरा लाप्राकीले बिर्सेको भन्दै गुनासो समेत गरे।

‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री पार्टीका तर्फबाट मुल नेता । यो भत्ताको सुरू गर्ने मान्छे, नेपालले भने, 'मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन । कमसेकम स्याबास् भन्नुपर्ने हो नि ।’

०५१ सालमा मासिक एक सय रूपैयाँ दिनेगरी आफूले वृद्धभत्ता सुरू गरेको उनले बताए । ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो ।’

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भूकम्पले क्षति पुर्याएका यस क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए। नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताए ।

'लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ', नेपालले भने, 'यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ ।' नेपालले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077