Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अख्तियारद्वारा घुस लिएर लाइसेन्स बनाइदिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

    अख्तियारद्वारा घुस लिएर लाइसेन्स बनाइदिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियारका अनुसार कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध घुस लिएर लाइसेन्स दिएको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।



    मुद्धा दायर हुनेहरुमा शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल रहेका छन्।



    उनीहरुले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण र अनुपस्थित परीक्षार्थीलाई पनि उत्तिर्ण गर्ने र उत्तिर्ण भएका परीक्षार्थीलाई अनुत्तिर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्न शर्मालाई सघाएको अख्तियारको दावी छ ।

    उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम सजायको मागदाबी गरिएको आरोप पत्रमा उल्लेख गरिएको आयोगले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार