Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा कुनै पनि देशको सेना आए अग्रपङ्क्तिमा बसेर लड्न तयार छु : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् ।

अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपंक्तिमा बसेर लड्न समेत तयार रहेको बताए ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका जीतपुरमा १२औं कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे ।

उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी ६ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077