Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनपरिचालन अभियान सञ्चालन गर्ने नेकपा एसको निर्णय, सातै प्रदेशमा अनुगमन टोली गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकले ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नारासहित जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको गतिविधिलाई प्रभावकारी बनाउनका लागि सातै प्रदेश कमिटीको गतिविधिको अनुगमन गर्ने निर्णय गर्दै अनुगमनका लागि केन्द्रीय नेताहरूको नेतृत्वमा टोली समेत गठन गरेको छ ।

जसअनुसार प्रदेश नम्बर-१ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वाग्मती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077