Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिन्धुलीको लुडेडाँडाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सिन्धुली। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१२ लुडेडाँडाका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् ।

उनीहरुलाई बुधबार राति पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बरामद गरिएको हो।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077