Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन हुँदैन भनेर प्रधानमन्त्री देउवाले भ्रम फैलाए : प्रचण्ड (भिडियोसहित)

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षका लागि गठबन्धन बनेको बताएका छन्।

बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको आवश्यकता निर्वाचनअघि र पछिसम्मै रहने भएकोले गठबन्धन आगामी दिनसम्म रहने बताए।

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने वा नहुनेबारे नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताए । तर, तत्काललाई भने त्यो सम्भावना नरहेको प्रचण्डको भनाइ छ।

केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’

छलफलको क्रममा प्रधानमन्त्रीले निर्वाचन नहुने भ्रम फैलाएको भन्दै चिन्ता व्यक्त गरेको प्रचण्डले बताए । ‘निर्वाचनको तयारीमा हामी तागत लगाएर गइनै सक्यौँ । तर, फेरि निर्वाचन हुँदैन भन्ने हल्ला चलिनै राख्छ प्रधानमन्त्रीजीले भन्दा भोट हाल्ने दिन पनि हुँदैन भनिरहन्छन् भन्यौं’, प्रचण्डले भने ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077