Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुससँग लड्न अमेरिकाले युक्रेनलाई घातक ड्रोन दिने

एजेन्सी । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता सहयोग गर्ने भएको छ ।

सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको हो ।

स्विचब्लेड तीन सय ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्ने बताइएको छ । अमेरिकाले दिन लागेको ड्रोनले एक माइलभन्दा पनि टाढाबाट प्रहार गर्न सक्छन् ।

स्विचेबल ड्रोनहरु एकपटक मात्र प्रयोग गर्न मिल्ने बताइएको छ । मूल्यका हिसाबमा भने यस्ता ड्रोन अन्य मिसाइलभन्दा सस्तो हुन्छ ।

यी सबै ड्रोनको समग्र मूल्य ६ हजार डलरभन्दा पनि कम रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077