Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले विदेशी शक्तिहरुसँग मिलेर संसद विघटन गरेका हुन्: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिहरुसँग मिलेर संसद विघटन गरेको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले यस्तो आरोप लगाएका हुन् । ओली एक्लैले संसद बिघटन गरेका होइनन्, अध्यक्ष प्रचण्डले भने, 'अन्तराष्ट्रिय शक्तिहरुको सेटिङमा ओलीले संसद बिघटन गरेका हुन्।'

अध्यक्ष प्रचण्डले ओली प्रतिक्रान्तिको खलनायक भएको बताए । बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरुले एमाले र माओवादी केन्द्र एकीकृत गरेको प्रचण्डको भनाइ छ।

‘पार्टी एकता प्रक्रियाले पूर्णता पाउँदा नपाउँदै पार्टी लिडरसिपमा, जसलाई हामीले नायक बनाउन सकिएला कि भनेर केपी ओलीलाई प्रधानमन्त्री बनाएका थियौँ । उनी नै प्रतिक्रान्तिका खलनायक भए’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077