Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तीनै साथीहरू जो पद र पैसा नपाउँदा अर्कै ढङ्गले व्यवहार गर्छन्: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका नेता कार्यकर्तामा अवसरवादी प्रवृत्ति देखिएको बताएका छन्।

बुधबार काठमाडौँस्थित कमलादीमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गरेको बताए।

'पार्टीभित्र अराजकता, गुटबन्दी र पदलोलुपता बढ्दो छ’, आक्रोशित भावमा प्रचण्डले भने, ‘यही पार्टी हो जहाँ युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले अनौठो लाग्छ तिनै साथीहरू पद र पैसा नपाउँदा अर्कै ढङ्गले व्यवहार गर्छन्’

क्रान्तिकारी पार्टी निर्माण र रूपान्तरणको प्रक्रिया सुरु भएको भनिए पनि वास्तवमा त्यस्तो हुन नसकेको प्रचण्डको भनाइ थियो । क्रान्ति र रूपान्तरणको कुरा फगत उपदेशजस्तो भएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077