Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग विप्लव नेकपाका प्रवक्ताबीच भेटवार्ता

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन्।

प्रकाण्डले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणसँग भेटवार्ता गरेका हुन् ।

प्रकाण्डनिकट स्रोतका अनुसार भूमिगत गतिविधि त्यागेर खुला राजनीति'मा आउँदा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सम्झौता कार्यान्वयनको विषयमा भेटवार्ता भएको हो।

भेटमा प्रकाण्डले तीन बुँदे सहमतिको स्मरण गराउँदै सरकारसँग भएको सहमति कार्यान्वयन गराउन माग गरेका थिए । सहमति अनुसार आफ्ना नेताकार्यकर्ता रिहाई नभएको प्रकाण्डको भनाइ थियो।

जवाफमा प्रधानमन्त्रीले आफू तीन बुँदे सहमति कार्यान्वयनका लागि तयार रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएको स्रोतको दावी छ।

नेकपा तत्कालिन ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २० गते ३ बुँदे सम्झौता गर्दै खुला राजनीतिमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077