Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको राजधानी किभमा ३५ घण्टे कर्फ्यू, अवस्था कठीन र खतरनाक भएको दावी

काठमाडौँ ।  युक्रेनको राजधानी किभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । किभका मेयर किटाली क्लित्स्कोले अहिलेको अवस्था कठीन र खतरनाक भएकाले किभमा ३५ घण्टे कर्फ्यु लगाइएको बताएका हुन् ।

पछिल्लो केहि दिनयता रुसी सेनाले किभमा आक्रमण गरिरहेका छन् । ‘आजको दिन हाम्रा लागि अत्यन्तै कठिन र भयावहपूर्ण छ‚’ मेयर क्लित्स्कोको भनाइलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

कीभमा मङ्गलबार बिहान 20:00 (18:00 GMT) देखि बिहीबार 07:00 (05:00 GMT) सम्म कर्फ्यू लगाइएको छ। 'बम सेल्टरहरूमा जान बाहेक विशेष अनुमति बिना शहर वरिपरि घुम्न निषेध गरिएको छ,' मेयर भिटाली क्लिट्स्कोले भने।

यस्तै, उनले किभ देशको राजधानी रहेको र यसलाई जुनसुकै हालतमा पनि रोक्ने दावी गरे।

'किभ युक्रेनको मुटु हो,  यसको रक्षा गरिनेछ । कीभ, हाल युरोपको स्वतन्त्रता र सुरक्षाको प्रतीक र अगाडि परिचालन गर्ने आधार हो, हामीबाट त्यागिने छैन।'मेयर भिटाली क्लिट्स्कोले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077