Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले दिए अधिकारकर्मी भूमिकालाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई दिएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकअधिकारका निम्ति प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, “एलजीबीटीक्यूआई प्लस समुदायको अधिकारका लागि तपाईंले गर्नुभएको अथक वकालतका निम्ति अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जित्नुभएकोमा हार्दिक बधाई ।”

नेपालीले यो प्रतिष्ठित पुरस्कार जितेको यो लगातार दोस्रो वर्ष हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077