Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी सेनाको मिसाइल प्रहारबाट २० सर्वसाधारणको मृत्यु भएको दाबी

एजेन्सी । युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको बताइएको हो ।

दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो । युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् ।

युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077