Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यालयको जग्गामा व्यवस्थापन समितिको रजाईं, प्राध्यापकसहित २० जनामाथि अख्तियारको 'एक्सन'

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको शुक्लागण्डकी नगरपालिका-१६ स्थित हिमाली प्राविका व्यवस्थापन समितिका सदस्यसहित २० जनामाथि भ्रष्टाचारको मुद्धा दायर गरेको छ।

सोमबार आयोगले समितिका सदस्य घनश्याम बानियाँसहित २० जना मिलेर विभिन्न व्यक्तिहरुलाई घरसारको कागज बनाइ आफैले घडेरी नम्बर कायम गरी उक्त घडेरीमा पक्कि घरको संरचना बनाएर सार्वजनिक सम्पत्ति हानी पुर्याएको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो।

आयोगका अनुसार उक्त कार्य गर्नेहरुमा बानियाँसहित् प्राध्यापक याम बहादुर ठकुरी, हरी कुमारी महत. ज्ञान बहादुर बुढालगायतका रहेका छन्।

उनीहरुविरुद्ध १ लाख ६९ हजार ५१ रुपैयाँ बिगो माग दावी गरिएको आयोगको दावी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077