Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको 'हर्कत' सहन नसकेर देउवालाई प्रधानमन्त्री बनाएका हौं: प्रचण्ड

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।

सोमबार धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए ।

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।'

यस्तै, अध्यक्ष  प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको खलनायकीपनले गर्दा आफू र माधव नेपाल मिलेर कांग्रेस सभापति शेरबहादुर देउवालाई बारम्बार प्रधानमन्त्री बन्न आग्रह गरेको बताए।

‘ठूलो चिज प्राप्त गरौंला, समाजवादको यात्रामा अघि बढौंला भन्ने थियो’, प्रचण्डले भने, ‘तर, केपी ओलीका कारण त्यो कुरा सम्भव भएन। माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस् भनेर धेरैचोटी अनुरोध गर्‍यौं। त्यसपछि मात्रै देउवाजी प्रधानमन्त्री हुन तयार हुनुभयो’।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077