Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली भुमि अतिक्रमण नगर्न भारतलाई विप्लवको चेतावनी

डडेल्धुरा । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले सिमा मिचेको घटनाबारे पार्टीको धारणा सार्वजनिक गरेको छ।

सोमबार पार्टीका प्रवक्ता 'प्रकाण्ड'ले चार बुंदे एक विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

'खलंगा पारी वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले तटवन्धनको बाहानामा भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु–भागलाई मिचेर तटवन्द गर्न थालेको घटनाप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ,' प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'भारतीय मोदी सरकारले एसएसबीमार्फत गरेको सिमा अतिक्रमणको हाम्रो पार्टी विरोध एवं भ्रत्र्सना गर्दछ ।'

यस्तै, विज्ञप्तिको दोस्रो नम्बरको बुँदामा भनिएको छ, 'दुई देशको सिमाना सम्वन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताहरुका खिलापमा एसएसबीले तटवन्धको नाममा नेपाली भुमि अतिक्रमण गरेको र तटवन्धबाट महाकाली नदीको जोखिम एवं प्रवाह नेपाली भ–ुभाग तिर मोड्ने बदनीयतपुर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिन चाहन्छौँ ।'

यसैगरी नेकपाले खलंगा पारीको महाकाली नदिमा एसएसबीमार्फत भारतिय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कुटनीतिक र राजनीतिक पहल गर्न शेर वहादुर देउवा सरकारसंग जोडदार माग समेत गरेको छ।

'डोरीको सहारा र पौडीदै खलंगा तिर आईरहेको एसएसबीलाई फागुन ११ गतेका दिन प्रतिरोध र प्रतिवाद गर्ने देशभक्त खलंगावासी नेपाली जनतालाई हार्दिक वधाईसहित धन्यवाद व्यक्त गर्दछौँ ,' बिज्ञप्तिको चौंथो नम्बरमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077