Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी प्रवेश गर्नेहरुको लर्को: एमाले र कांग्रेसका दर्जनौं नेता कार्यकर्तालाई प्रचण्डले गरे स्वागत

धनगढी । विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनबढी जिल्ला नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा अध्यक्ष प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित उपाध्यक्षदेखि पार्टी जिल्ला नेताहरु रहेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट मोहन्याल गाँउपालिका उपाध्यक्षमा निर्वाचित तथा हाल कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर, नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने, २०४८ र २०५४ मा लालझाडी गाउँपालिकाबाट दुइपटक  एमालेबाट निर्वाचित वडाअध्यक्ष हुमना राना, २०४२ सालदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका केदारसिंह गाउँपाििलका बmभांगका नेता लाल बहादुर शाही, अमगरगढी, ८ का नवराज ओझा नेपाली कांग्रेस परित्याग गरेर पार्टी प्रवेश गरेका छन् ।

यस्तै, नेकपा एमालेबाट २०७४ को वडा सदस्यमा निर्वाचित डिलासैनी गाउँपालिका, ४ का सदस्य राम बहादुर नेगी, नयाँ शक्ति पार्टीबाट२०६४ सालमा अध्यक्षका उम्मेदवार बिर बहादुर चौधरी लम्की चुहा नपा २, नागरिक उन्मुक्ति पार्टी भजनी नगरपालिकाका नेता इन्द्र बहादुर चोधरलगायत समेत पार्टीमा प्रवेश गरेका छन् ।

यसैगरी पार्टी प्रवेश गर्ने अन्य नेताहरुमा गोदावरी नगरपालिकाका कांग्रेसका नेता पदम बहादुर बलायर, नेकपा एमाले डोटी जिल्ला कमिति सदस्य आदर्श गाउँपालिकाका चन्द्रदेव पाठक, बजुरा त्रिवेणी नगरपाकिलाका एमाले नेता हिम्मत बहादुर शाही, नेकपा एमाले कैलालीका पर्व जिल्ला सल्लाहकार मनिराम सुनार, विशल नगरबाट नेपाली कांग्रेसका नेता नवीन खडका, घोडाघोडी नगरपाकिलाका एमाले नेता दशरथ न्यौपानेलगायत तीन दर्जनभन्दा बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077