Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु, २४ घाइते

सिन्धुली । सिन्धुलीको दूधौली नगरपालिका–५ ठाकुरखोलामा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटना परी थप २४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको जन्ती बोकेको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्रकुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएकोर अन्य घाइतेहरुको बिराटनगर, कटारी र सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077