Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस-युक्रेन युद्ध : युक्रेनी सैन्य तालिम केन्द्रमा आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थालेको १८ औं दिनमा पोल्यान्डको सीमानजिकैको सैनिक तालिम केन्द्रमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले युक्रेनमाथिको आक्रमण थप बढाउँदै लगेको छ ।

आक्रमणमा तालिम केन्द्रमा निकै क्षति पुगेको र कम्तीमा ३५ जनाको ज्यान गएको युक्रेनी अधिकारीले बताएका छन् । १ सय ३५ जनाभन्दा बढी घाइते छन् । उक्त तालिम केन्द्रमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का केही प्रशिक्षकहरूले तालिम दिने गरेका थिए ।

त्यसैगरी रुसी फौजले पश्चिमी सहर इभानो–फ्रांकिभ्क्सस्थित विमानस्थलमा पनि आक्रमण गरेका बीबीसीले जनाएको छ । रुसी फौजले केही दिनयता युक्रेनको राजधानी किभलक्षित आक्रमण तीव्र पारेका छन् । किभभन्दा करिब २५ किलोमिटरको दूरीमा रहेको रुसी सेनाको ठूलो जत्थाले लगातारजसो क्षेप्यास्त्र प्रहार गरिरहेका छन् ।

खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी सहर रुसी सेनाको घेराबन्दीमा छन् । ती सहरका बासिन्दा कठ्यांग्रिँदो चिसोमा विद्युत् र खानेपानीको आपूर्तिबिना बस्न बाध्य भएका बीबीसीले जनाएको छ । त्यसैगरी, निकोलेभ, निप्रो र क्रोपिभिन्टस्की सहरमा पनि रुसी सेनाले आक्रमण जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077