Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले तह र सरकार भन्ने कुरा ठूलो नभएको भन्दै दलीय सहमतिले तह हटाएर सरकार बनाउन सकिने बताए ।

मुख्य कुरा सेवा प्रवाह भएकाले नगरपालिकाहरुले जनतालाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077