Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुससहित पक्राउ परेका चाबहिल मालपोतका खरिदार बस्नेतविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग्ने मालपोतका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँमा कार्यरत खरिदार लक्ष्मण बस्नेतले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग रु एक लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

आयोगले घुस लिँदै गरेको अवस्थामा बस्नेतसहित दुई विचौलियालाई यही फागुन १२ गते कार्यालयबाटै पक्राउ गरेको थियो ।

[insert page='117318' display='yopanipadhnuhos.php']

जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वकोसमेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालत काठमाडौमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077