Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ऋषि धमलाकी पत्नी एलिजाको अहिलेसम्मकै हट म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । पत्रकार ऋषि धमलाकी पत्नी तथा, चर्चित मोडल, नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित रोमान्टिक गीत ' दुख्छ मन' रिलिज भएको छ ।

सरोज पोखरेलको संगीत रहेको गीतको भिडियोमा एलिजा र आकाश निकै बोल्ड अवतारमा प्रस्तुत भएका छन् । नायिका गौतम पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त रहेकी छिन्।

यस्तै, गीतमा गायक प्रताप दास र गायिका मेलिना राईले स्वर दिएका छन् भने साजन कट्टेलको शब्द रहेको छ ।

प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने उत्तम हुँमागाईंले छायाँकन र माधव बेल्वासेले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://www.youtube.com/watch?v=TwHQaEgUR9k&t=175s

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077