Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आँबुखैरेनीमा यात्रुबाहक बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते

दमौली । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ मा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र २ पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार दिउँसो मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकालाई  उपचारका लागि चितवनस्थित पुरानो मेडिकल लैजाँदा ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो ।

घाइतेमध्ये अन्य १० जनाको उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077