Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमसीसी फेल भए पार्टी अध्यक्षबाट राजिनामा दिन्छु: प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी फेल भए नैतिकताका आधारमा राजिनामा दिने बताएका छन्।

आइतबार पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजिनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भने ।

यस्तै, ‘प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको बताए । तर, अरू वामपन्थी शक्तिहरूसँग भने सहकार्य जारी राख्ने उनको भनाइ छ।

‘केपी ओली नेतृत्वको एमाले गुटसँग तत्काल सहमति, सहकार्य हुने कुनै सम्भावना छैन,’ प्रचण्डले भने, ‘अरु बामपन्थी शक्तिहरुसँग होला नहोला त्यो आफ्नो ठाउँमा छ। मुद्दा मिल्नेहरूसँग मिलेर जाने नभए आफ्नै खुट्टामा उभिएर चुनावमा जाने हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077