Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेसँग तत्काल सहकार्य हुने सम्भावना छैन: प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको  बताएका छन्।

आइतबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तत्काल केपी ओली नेतृत्वको एमाले गुटसँग सहमति, सहकार्य हुने कुनै सम्भावना नरहेको बताएका हुन्। तर, अरू वामपन्थी शक्तिहरूसँग भने सहकार्य जारी राख्ने उनको भनाइ छ।

कुराकानीका क्रममा प्रचण्डले माओवादीको आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताउँदै मुद्दा मिल्नेहरूसँग मिलेर जान सकिने बताए।

‘केपी ओली नेतृत्वको एमाले गुटसँग तत्काल सहमति, सहकार्य हुने कुनै सम्भावना छैन,’ प्रचण्डले भने, ‘अरु बामपन्थी शक्तिहरुसँग होला नहोला त्यो आफ्नो ठाउँमा छ। मुद्दा मिल्नेहरूसँग मिलेर जाने नभए आफ्नै खुट्टामा उभिएर चुनावमा जाने हो।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यदी चुनावका बेला गठबन्धन गर्न परे सत्तारूढ गठबन्धनसँगै गरिने बताए। जनताको मन जितेर चुनावमा होमिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077