Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष प्रचण्डले भने-'निर्वाचनमा तालमेलका लागि कोसिस गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् ।

दिवंगत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको सालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानका लागि सत्तारूढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोसिस गरिने बताए ।

“केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले निर्वाचनकेन्द्रित दुईमहिने अभियानको घोषणा गरेकाले अबको समय चुनावी तयारीको रहेको छ,” उनले भने, “अब प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्दै त्यसपछि जनताको घरघरमा पुगेर पार्टीलाई विजयी गराउनका लागि अपिल गर्ने नीति पार्टीले अवलम्बन गरेको छ ।”

स्थानीय तहको चुनावमा सत्तारूढ गठबन्धनबीच तालमेल प्रयास जारी रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो । तर, सत्तारूढबीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077