Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाणलाई रुपन्देहीमा देखाइयो कालोझण्डा

काठमाडौं । रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाणलाई कालो झण्डा देखाइएको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले मन्त्री खाणलाई कालो झण्डा देखाएका हुन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका-३ स्थित धकधईमा शनिवार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा गृहमन्त्री खाणलाई कालोझण्डा देखाइएको हो ।

पार्टीले उठाउँदै आएका किसानको माग सरकारले सम्बोधन नगरेकाले गृहमन्त्रीलाई विरोध स्वरुप कालोझण्डा देखाइएको जनमत पार्टीका कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077