Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले आतंकवादी उपाय अपनायो : राष्ट्रपति जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युद्धका लागि आतंकवादी उपाय अपनाएको आरोप लगाएका छन्।

राजधानी किभबाट फेसबुकमार्फत सर्वसाधरण जनतालाई सम्बोधन गर्दै उनले भने–‘रुसी आक्रमणकारीहरूको कार्य आतंकवादीको जस्तै छ।’

जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका छन्। उनले युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताए। शुक्रबार ७ हजार १४४ जनाको उद्धार गरिएको उनले बताए।

जेलेन्स्कीले फेरि युक्रेनका जनतालाई रुसविरुद्ध दृढताका साथ खडा हुन अपील गरेका छन्। उनले रुसका आमाहरूलाई पनि आफ्ना छोराछोरीलाई युद्धमा नपठाउन आग्रह गरे।

उनले भने–‘आफ्ना छोराछोरीलाई अर्को देशमा युद्धमा नपठाउनुहोस्। आफ्नो छोरो कहाँ छ, हेर्नुहोस्। यदि तपाइँको छोरालाई युक्रेनमा युद्धमा पठाइन्छ भन्ने अलिकति पनि शंका छ भने तुरुन्तै रोक्न कदम चाल्नुहोस्।’

आफ्नो सम्बोधनको अन्त्यमा उनले नम्र हुँदै भने चीनमा भएको प्याराओलम्पिक शीतकालीन खेलहरूमा युक्रेनले पदक जित्न दोस्रो नम्बरमा भएकोमा बधाई दिए। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077