Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनले भने-‘तेस्रो विश्व युद्ध हुन नदिन संयमता अपनाएका छौँ’

    अमेरिकी राष्ट्रपति बाइडेनले भने-‘तेस्रो विश्व युद्ध हुन नदिन संयमता अपनाएका छौँ’

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको दाबी गरेको छ ।

    तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको उनले बताए । उनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने पनि बताएका बीबीसीले जनाएको छ ।



    बाइडेडनले रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगे अमेरिकासहित पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै जाने र एकदिन रुस एक्लै हुने पनि बताए ।



    रुसले नेटो देशलाई विभाजन गर्न खोजेको समेत राष्ट्रपति बाइडेनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार