एजेन्सी । रुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको छ । शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएका छन् ।
युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका छन् ।
बीबीसीका अनुसार यी दुवै सहरमा यसअघि आक्रमण भएको थिएन । लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।
लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन्। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन् ।
नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ । नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ ।
Leave a Reply